आम निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज (आइतवार) उम्मेदवार दर्ता गर्ने कार्यसूची रहेको छ ।निर्वाचन आयोगले आज (असोज २३) का लागि तोकिएको कार्यसूचीअनुसार आज मनोनयन दर्ताको कार्यक्रम गर्न लागेको हो ।

आयोगले तोकेको मंसिर ४ गते हुने आम निर्वाचनको कार्यतालिका अनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।

- Advertisement -
Ad image

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । उनले उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले बताएका छन् ।

त्यस बाहेक निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नसमेत उनले विशेष आग्रह गरेका छन् । यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्