आज पनि बडादसैँको टीका लगाउने क्रम जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: