यू–१७ एसियन कप छनोट: आज भियतनामविरुद्ध खेल्दै नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा खेल्दैछ।

नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ। फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ। तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन।

- Advertisement -
Ad image

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो। भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।

समूह एफ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ।

छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्