काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३(० गोल अन्तरले पराजित भएको हो ।
थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे । यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे । खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए । जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्