यस वर्षको बडादशैं हिले हुनसक्ने पूर्वानुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले यसपटकको दशैं हिले हुनसक्ने पूर्वानुमान गरेको छ । पछिल्लो दिनमा मनसुन निस्क्रिय बन्दै गएपछि बाहिरिन सक्ने अनुमान गरिएको थियो । तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दशैंमा वर्षा हुने सम्भावना बढेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेकाले दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना छ । महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो ।

नवमीमा प्रदेश १, मधेस, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array