शक्तिशाली आँधीका कारण फ्लोरिडामा ठूलो क्षति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधीले ठूलो क्षति पुर्‍याएको छ । इयान नामक आँधीका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ । अरू थुप्रै मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

श्रेणी चारमा पुगेको आँधीका कारण फ्लोरिडामा ठूलो बाढी आएको छ । जनजीवन अस्तव्यस्त बनेको छ । २६ लाख भन्दा बढी घर तथा व्यवसायहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘ठूलो प्रकोप’ घोषणा गरेका छन् र संघीय विपद् कोषलाई अनुमोदन गरेका छन् ।

उनले प्रारम्भिक रिपोर्टअनुसार ठूलो मानवीय क्षति भएको हुनसक्ने संकेत मिलेको भन्दै यो आँधी फ्लोरिडाको इतिहासमै सबैभन्दा घातक हुनसक्ने चेतावनी दिएका छन् ।

आँधीका कारण आएको बाढीमा फसेका मानिसहरूलाई उद्धारकर्ताहरूले डुङ्गाहरूको प्रयोग गरी उद्धार गरेका छन् । बीबीसी, एपीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले आँधीले पुर्‍याएको क्षतिको विवरणसहित तस्बिर एवं भिडियोहरू राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array