कांग्रेस पार्टी कार्यालयमा शेखर कोइराला समूहले आज धर्ना दिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदै छ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।

- Advertisement -
Ad image

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्