माताको ब्रह्मचारिणी स्वरूपको बारेमा :

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
3 Min Read
Aa

ॐ देवी ब्रह्मचारिण्यै नम:

नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको “ब्रह्मचारिणी स्वरूप”को  आराधना गरिन्छ । दुर्गामाता, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले सुप्रसिद्ध हुनुहुन्छ ।

यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ । ब्रह्मचारिणीको अर्थ हुन्छ : ब्रह्म मतलव तपस्या र चारिणी मतलव आचरण गर्ने वाली। यस प्रकार ब्रह्मचारिणीको अर्थ तपको आचरण गर्ने वाली हुन्छ।

नवरात्रको दोस्रोदिन द्वितीया तिथि माताको ब्रह्मचारिणी स्वरूपमा समर्पित छ । माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल दिनेवाला छ ।  तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । नवरात्रको दोस्रोदिन अर्थात् आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

ब्रह्मचारिणी स्वरूपमा रहदा माता दुर्गाको शिरमा अर्ध चन्द्र , दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

ब्रह्मचारिणी माताको परिचय :

हिमालय कन्याको रूपमा जन्मलिनु भएकी शैलपुत्री पार्वतीनै ब्रह्मचारिणी हुनुहुन्छ । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन सर्वप्रथम प्रतिदिन भगवान् शिवजीको सेवा गर्न थाल्नुभयो । तर त्यो सेवाले भगवान् शिवजीको ध्यान खिच्न सकेन, शिवजी ध्यान मग्न नै हुनुभयो । देवताहरूले कामदेवलाई शिवजीको साधना भंग गर्न पठाए, तर भगवान् शिवले कामदेवलाई नै भस्म गरिदिनुभयो ।

त्यस्तो देखेर माता पार्वती डराउनुभयो । त्यसपछि नारदजीको उपदेशअनुसार माता पार्वतीले भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नका लागि कठोर तप प्रारम्भ गर्नुभयो । तीन हजार वर्षसम्मको घोर निराहार र निर्जला रहेर तपस्या गर्नुभयो । पहिलो वर्ष देवीले फलाहार मात्र गर्नुभयो, त्यसपछि दोस्रो वर्ष पातको मात्र आहार गर्नुभयो, तेस्रो वर्षबाट पातको पनि भक्षण त्याग गरिदिनुभयो, पात या पर्ण भक्षण गर्न छोडेको हुनाले माताको नाम अपर्णा पनि रहन गयो । माताको कठिन तपस्याको कारण तीनै लोकमा हाहाकार मच्चियो, यहाँसम्म कि स्वयं ब्रह्माजीले माताको अभिवादन गरेर आकाशवाणी गर्नुभएको थियो, आजसम्म यस्तो कठोर तप कसैले गरेका थिएनन् , तपाइँको मनोकामना पूर्ण हुनेछ ।

आफ्नो घोर र दुष्कर तपस्याको कारणले नै देवीको ब्रह्मचारिणी नाम रहन गयो ।

सतीको देह त्याग पश्चात् भगवान् शिवजी पूर्णतः वैराग भएर हिमालय पर्वतमा गएर योग ध्यानमा मग्न हुन थाल्नुभयो ।

आफ्नो कठोर तपस्याबाट ब्रह्मचारिणी बिभोसित माताले शिवजीको ध्यान भङ्ग गरेर, शिवजीलाई अंततः विवाहको लागि तैयार गराउनुभयो ।

यसरी भगवान् शिव र माता पार्वती बाट जन्मेका सन्तानले तारकासुर राक्षसको अन्त्य गरे ।

माता  ब्रह्मचारिणीको प्रार्थना गर्ने मन्त्र 

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।

देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥

या देवी सर्वभू‍तेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

प्रतिक्रिया दिनुहोस्

Array