दशरथ रंगशालामा हुने बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलको टिकटको मूल्य सार्वजानिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दशरथ रंगशालामा बंगलादेश विरुद्ध मैत्रिपूर्ण खेल खेल्दै छ। मैत्रिपूर्ण खेलका लागि बंगलादेशी टिम नेपाल आईपुग्दा नेपालले पनि राष्ट्रिय टिमको घोषणा गरिसकेको छ।

यस्तोमा सोमबार एन्फाले सामाजिक सञ्जाल फेसबुकमार्फत दशरथ रंगशालामा हुने खेलको टिकट मूल्य सार्वजानिक गरेको हो। एन्फाले सार्वजानिक गरे अनुसार साधारण तर्फको टिकट मूल्य ५ सय कायम गरिएको छ भने भिआईपिमा दुईवटा मूल्य निर्धारण गरिएको छ। जसमा १ हजार र ५ हजार कायम गरिएको छ।

सोमबार एन्फाले प्रि-म्याच प्रेस कन्फ्रेन्स पनि गर्दै छ। नेपाल आउनु अघि बंगलादेश कम्बोडियाको भ्रमणमा निस्किएको थियो। जहाँ बंगलादेशले घरेलु टोली कम्बोडियालाई १-० ले पराजित गरेको थियो। २३ औँ मिनेटमा राकिब हुसेनले बंगलादेशका लागि गरेको एकमात्र गोल निर्णायक बनेको थियो। त्यसलगतै बंगलादेशी टिम काठमाडौं आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array