अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो ।

तीन खेलको शानदार २-१ ले जितेको हो । पाहुना टोलीले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि सुर्यकुमार यादवले ३६ बलमा ६९ तथा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए । हार्दिक पाण्ड्याले १६ बलमा २५ तथा रोहित शर्माले १७ रन बनाए ।

भ्रमणकारी टोलीका लागि डेनियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १-१ विकेट लिए त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि टिम डेभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए । डेनियल साम्सले अविजित २८ तथा जोस इंग्लिसले २४ रन बनाए । घरेलु टोलीका लागि अक्षर पटेलले ३ तथा युजभेन्द्र चहेल,हर्षल पटेल र भुवनेश्वर कुमारले समान १र१ विकेट लिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array