प्रेम गीत ३ को हिन्दी संस्करण लिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ ।

चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् । चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array