सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीबीच १० बुँदे सहमतिपछि १३ औं दिनको अनशन तोडेका छन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डे र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।
सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको जानकारी दिएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।
त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्न सरकार तयार भएको छ । डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array