काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन थापागाउँस्थित बानेश्वर बैंक्वेटमा खबरदारी सभा आयोजना गरेको जानकारी दिएको छ ।
सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै दबाब दिदिै आएका छन् ।
नेपाली कांग्रेसका नेता शेखर–गगन समूहको खबरदारी सभा

प्रतिक्रिया दिनुहोस्