युइएफए नेसन्स लिग: बेल्जियमले वेल्सलाई पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ –  युइएफए नेसन्स लिगमा बेल्जियमले वेल्सलाई पराजित गरेको छ । बेल्जियमले घरेलु मैदानमा २–१ को जित निकालेको हो । घरेलु टोली बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।ब्रसेल्समा बिहीबार राति भएको खेलको १०औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट घरेलु टोलीले १–० को अग्रता लिन सफल भयो ।

उनले मिचे बात्सुयाईको पासमा गोल गर्न सफल भए । ३७औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । उनले ब्रुएनाको पासमा गोल गर्न सफल भए । ५०औं मिनेटमा किफर मुरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा बेल्जियम विजयी हुन सफल भयो । खेलको इन्ज्युरी समयमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य बन्यो ।

यस जितसँगै बेल्जियम लिग ए ग्रुप ४ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ । यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–० ले पराजित गरेको छ । नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

यस जितसँगै अपराजित नेदरल्यान्ड्स ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्