प्रेम गीत–३ को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ । नेपाली भर्सन शुक्रबारबाट रिलिज भए पनि हिन्दी भर्सन भने सोमबारबाट रिलिज हुने भएको छ । यसको कारण भने निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, आज सञ्चार मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र नै भएको बताएको थियो ।

यसअघि, चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन गरेको चलचित्रलाई नेपाली भन्न नसकिने भन्दै विदेशी भाषाको चलचित्र सरह सेन्सरका लागि कागजात जुटाउन भनेको थियो । निर्माण पक्षले पनि सोही अनुसार कागजात जुटाएपछि सेन्सरका लागि चलचित्र विकास बोर्डले सेन्सर पासका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array