नेपालमा पहिलो पटक विद्युतीय गाडी मेला, उत्साहजनक सहभागिता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – नेपालमा पहिलोपटक विद्युतीय गाडीको अटो मेला आजदेखि काठमाडौंको भृकुटिमण्डपमा भव्य रुपमा सुरु भएको छ । यस अघि भएका नाडा अटो सो भन्दा फरक देखिने यो पटकको अटो मेलामा शत प्रतिशत गाडी इलेक्ट्रिक रहेका कारण पनि आकर्षको केन्द बन्न पुगेको हो ।

विश्वविख्यात लोकप्रिय गाडीदेखि नयाँ नयाँ प्रविधि सहितका विद्युतीय सवारीसाधन अटो मेलामा राखिएको छ । टेस्लाका दुई मोडल, हुन्डाइन आयोनिक, विवाइडिको नयाँ टेक्निोलोजी सहितको गाडीले नाडा अटो सोलाई अझ सान्दार बनाएको छ ।

यसपालिको नाडा अटोसोमा ९ ओटा चारपाँग्रे अटो कम्पनीको सहभागिता छ भने १७ ओटा इलेक्ट्रिक दुईपाँग्रे सवारीसाधनको सहभागिता छ । नेपालकै पहिलो र इनधनबाट चल्ने सवारी रहित नाडा अटो सो भएकाले पनि मेलामा अवलोकन कर्ताको भिड थामि नसक्नु छ ।

सिप्रदि ट्रेडिङ कर्पोरेसनले टाटा नेक्सन इभि प्राइम गाडी सार्वजनिक गरेको छ भने ज्याकले नयाँ गाडी ल्याएको छ ।

दुईपाँग्रे तर्फपनि नयाँ नयाँ ब्रान्ड नाडा अटोसो मार्फत नै प्रवेश गरेका छन । चौधरी समूहले भारतमा चर्चित इलेक्ट्रिक स्कुटर ओला ब्रान्ड यहि अटो सोमा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array