धादिङमा बसको ठक्करबाट ६ वर्षीय विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – धादिङको गजुरीमा बसको ठक्करबाट एक ६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा विजय परियार रहेकी छन । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय परियारलाई ठक्कर दिएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारीका अनुसार जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिएको हो । दुईतिर बाटो अवरुद्ध छ । विद्यार्थीहरुले ठक्कर दिने गाडी जलाएका छन् । जनपथ र सशस्त्र प्रहरी खटाइएको छ ।

विद्यार्थी र मृतकका आफन्तले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् । जिल्लाबाट वास्तविक घटनाको सबै विवरण संकलन गर्न टोली पठाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array