वीर अस्पताल अगाडिका औषधि पसल रहेका टहरामा डोजर चलाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि औषधि पसल रहेका टहरामा डोजर चलाउने तयारी गरेको छ । महानगरका अनुसार औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ देखिएकोले डोजर चलाउने तयारी गरिएको हो ।

बुधबार महानगरको नगर प्रहरीले औषधि पसल हटाउन माइकिङ गरेकोे थियो । नगर प्रहरी बलका एसपी दिनेश अर्यालले आज दिउँसो २ बजेतिर सो क्षेत्रमा पुग्ने तयारी भइरहेको बताए । महानगरले यसअघि ३५ दिने ‘अल्टिमेटम’ दिएर ‘अवैध’ संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो समयावधि सकिएसँगै त्यस्ता संरचनामा डोजर चलाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array