जगेडा फौजलाई युद्धभूमिमा जान पुटिनकाे निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धभूमिमा पराजय भोग्न परेपछि थप हजारौँ फौजलाई युक्रेनमा लड्न आह्वान गरिहेका छन् । पुटिनले रुसी भौगोलिक सम्मानको विश्वसनीयता कायम राख्न आंशिक सैनिक परिचालन आवश्यक भएको विचार व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबाट पुटिनले युक्रेन र आफ्नै फौजलाई पनि रगतमा डुबाउन चाहेको प्रतीत हुने प्रतिक्रिया दिएका छन् । पुटिनको यो आह्वान तीन लाख रुसी जगेडा सेनामाथि इंगित रहेको छ । यो संख्या करिब २ करोड ५० लाख रुसी जगेडा फौजको केही अंश मात्रै हो । पहिलेदेखि नै रुसमा सबैलाई सैनिक तालिम अनिवार्य रहँदै आएको छ ।

पुटिनले युद्धमा सहभागी हुन आह्वान गरिएका फौजमा के कति युद्ध कौशलता हुनेछन् भन्ने स्पष्ट पारिएको छैन । रुसी टिप्पणीकारहरूले यस कदममाथि प्रश्न उठाउँदै पुटिनद्वारा हस्ताक्षरित उक्त घोषणापत्रमा निश्चित सैनिकको संख्या र विद्यार्थीहरू भर्ती हुनुनपर्ने जस्ता अपवादहरू उल्लेख नगरिएको बताएका छन् । तर, रुसी अधिकारीहरूले चाँडै नै उक्त सैनिक परिचालनमा क–कसले सहभागिता जनाउनु नपर्ने भन्ने घोषणा गरिने जानकारी दिएका छन् ।

बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्

Array