१० दिनभित्र कर बुझाउन ४१ कम्प्लेक्सलाई काठमाडौं महानगरको अल्टिमेटम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र सम्पति विवरणसहित कर भुक्तानी गर्न आग्रह गरेको छ ।

महानगरले बुधबार एक चेतावनीपूर्ण सूचना जारी गर्दै महानगरभित्र सञ्चालित व्यवसायिक भवन तथा कम्प्लेक्स र केही व्यक्तिलाई समेत १० दिनभित्र आफ्नो सम्पति विवरणसहित महानगरलाई बुझाउनुपर्ने घरजग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाले ती संघ संस्थालाई अविलम्ब भएको भए सोको जरिवाना समेत बुझाउन ताकेता गरेको छ ।

यस्तो व्यवसायिक भवनहरुमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, ल्याण्डमार्क होटल, ओम सान इन्टरनेशनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सिभिल महल, सिटिसि मल लगायत एनआरटी क्लब समेत परेका छन् ।

यस्तै, भिजि अटोमोबाइल्स प्रा.लि. आदर्श नगर बिजनेस प्रा.लि., रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एण्ड पोलीसी स्टडीज प्रा.लि. नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेसन प्रा.लि, स्टार होल्डिङ, पुण्य मेन्सन प्रा.लि. रिद्धिसिद्धि डेभलपर्स, वरुण वेभरेज नेपाल परेको छ ।

यस्तै, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट,काठमाडौं ईन्जिनियरिङ्ग कलेज, नेपाल रेडक्रस सोसाइटी, ब्लू बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कूल, एडभान्स अटोमोबाइल्सको नाम सार्वजनिक भएको छ ।

महानगरले व्यक्तिको नाममा रविन्द्रबहादुर मल्ल, सुभाष कुमार घिमिरे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, योगनाथ पौडेल, प्रदीपरत्न ताम्राकार, उदयरत्न ताम्राकार र विजयरत्न ताम्राकारसँगै बसुन्धरा तुलाधर, पुरुषोतम संघई र किरण संघईको नामै किटेर सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array