बुधबार सेयर बजार दोहोरो अंकले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
बुधबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सेयर परिसूचक नेप्से दोहोरो अंक बढ्दा १८४८.८२ को विन्दुमा उक्लिएको हो। २२ सयलाई परिक्षण गरेको नेप्सेले मंगलबार १८३३ सम्म झरेको थियो। पछिल्लो चार दिनमा सेयर बजारले १४४ अंक गुमाएको थियो। निरन्तर घटेको बजार बुधबार भने बढ्न प्रयासरत छ। आज सेयर बजार ११।२२ अंक बढेको हो।
बुधबार सेयर बजारमा ७२ करोडको सेयर किनबेच भएको छ। अघल्लोदिनको तुलनमा सेयर कारोबार झन्डै आधा घटेको हो। मंगलबार बजारमा एक अर्ब २३ करोड रुपैयाँको किनबेच भएको छ। नबिल बैंक, रिडी हाइड्रोपावर, हिमालयन डिष्टिलरी र अपि पावर कारोबारको शिर्ष स्थानमा रहेका छन्।
यस्तै, सामूहिक लगानि कोष उपसमूह बाहेक कारोबारमा आएका अधिकांश उपसमूह आज हरियो भएर बन्ध भएका छन् । त्यसैगरी, १४१ कम्पनीको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस्

Array