संविधानको संरक्षकलाई दायराभन्दा बाहिर जाने छुट छैन: उपराष्ट्रपति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले वक्तव्य जारी गर्दै राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको वक्तव्यमा उल्लेख गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी छन् ।
२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । जसलाई संविधानको धारा ११३ (४) को गम्भीर उल्लंघन भनिएको छ ।
, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’ बुधबार जारी वक्तव्यमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array