लघुबीमा लाइसेन्स गैरकानुनी भन्दै सर्वोच्चमा मुद्धा दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ। लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको घाँडो पन्छिने भन्दै सबै बीमा कम्पनीहरुले लघु बीमा कम्पनी स्थापना गर्न बीमा समितिमा लविङ गर्दै आएका थिए ।

सोही मौकाको फाइदा उठाउँदै बीमा समितिलाई प्रयोग गरेर गौरकानुनी रुपमा लघुबीमा लाईसेन्स ल्याउन लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएको हो । बीमा ऐन २०४९ र नियमावलीमा कही कतै व्यवस्था नभएको विषय निर्देशिकामार्फत लाइसेन्स दिन नसकिने भएकोले बीमा समितिको गैर कानुनी निर्णय भएको भन्दै सर्वोच्चमा मुद्धा दायर भएको हो ।

- Advertisement -
Ad imageAd image

सरकारले चालु आर्थिक वषको बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्