राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संविधान उल्लङ्घन: नागारिकता विधेयक प्रमाणीकरण भएन

संसदले पास गरेको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेकी छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

अन्तत :रातको १२ बजे सम्ममा पनि राष्ट्रपति कार्यालयले नागारिकता विधेयक प्रमाणीकरण भएको सूचना दिएको छैन । संविधानको धारा ११३ (४) मा भएको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक  आश्विन ४ गते रात्री १२ बजेसम्ममा प्रमाणीकरण गरिसक्नुपर्ने थियो । राष्ट्रपति कार्यालयले अहिलेसम्म विधेयक प्रमाणीकरण गरिएको नगरिएको के हो भनेर सम्म स्पष्ट पारेको छैन । यसकोअर्थ, विधेयक प्रमाणिकरण भएन भन्नु अन्यथा नहोला ।

संसदले पास गरेको विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेकी छन् ।

संविधानको धारा ११३ (४)मा स्पष्ट व्यवस्था छ कि , ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

यसरी हेर्दा संघीय संसदले पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै संवैधानिक अराजकताको स्थिति शृजना गरेकी छन् ।

राष्ट्रपतिले २९ श्रावणमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक, प्रतिनिधिसभा र राष्ट्रियसभाले जस्ताको त्यस्तै पारित गरेको थियो । त्यसपछि पुनः २० भाद्रमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array