गठबन्धनले भोलि सिट बाँडफाँट टुङ्ग्याउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– गठबन्धनका नेताहरूले प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटिरहे पनि भोली बुधबार टुङ्गो लगाउने भएको छ । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका भए पनि अझै टुंगो भने लाग्न सकेको छैन । मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिएको छ । उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्