वाणिज्य बैंकहरुको निक्षेप बढ्न थाल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– साउनमा १ खर्ब ७ अर्ब भन्दा बढीले गिरावट भएको वाणिज्य बैंकहरुको निक्षेप भदौमा भने ५२ अर्ब भन्दा बढीले वृद्धि भएको छ । नेपाल सरकारले कर्मचारीको तलब तथा दशैं भत्ता भुक्तानी गरेसँगै बैंकहरुमा निक्षेप पनि बढेको नेपाल बैंकर्स संघले बताएको छ । असार २०७९ मा ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको बैंकहरुको कुल निक्षेप साउनमा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको थियो । तर, भदौ लागेपछि भने क्रमिक सुधार हुँदै मसान्तमा आउँदा ४४ अर्ब ८५ अर्ब ५१ करोड पुगेको नेपाल बैंकर्स संघले जनाकारी दिएको छ ।
निक्षेपमा वृद्धि भएसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ महिनामा कर्जा १३ अर्ब ७५ करोडले कर्जा बढेको बैंकर्स संघले जनाएको छ । २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कुल कर्जा साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेकोमा भदौ मसान्तमा आउँदा ४१ खर्ब ९० अर्ब २८ करोड पुगेको संघले जनाएको छ ।
यस्तै बैंकहरुको चालु आव सुरु भएपछि निक्षेप घटेसँगै बैंकहरुले निक्षेप संकलन नभएपछि कर्जा दिन सकेनन् । त्यसैले बैंकहरुको कर्जा विस्तार पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array