डा. गोविन्द केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, काठमाडौं नजाने अडान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको छ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर ९ दिनदेखि आमरण अनशनमा रहेका डा केसी काठमाडौं नजाने बताएका छन।

उनका सहयोगी डा अमृत जैसीले भने, “सेनाको हेलिकप्टर धनगढीमा आइपुगेको छ तर डा. केसीले आज कुनै पनि हालतमा काठमाडौं नजाने बताउनुभएको छ । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्नु भएको छ ।” केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको हो ।

डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको कैलाली जिल्ला प्रशासन कार्यालयले बताएको छ । स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अनशन बसेको दोस्रो दिनदेखि नै डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array