माइतीघरमा नागरिकता विहीनको धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना बसेको छ। नागरिकता विधेयक, २०७९ लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरू धर्ना बसेका हुन्।

‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ?’, ‘नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानर र प्लेकार्डसहित समितिले धर्ना दिएको छ। संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ। तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन।

यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन्। पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array