सरकारी संस्थानको पैसा लघुवित्त कोषमा राखेर घरमै सहुलियत ऋण दिन्छौं: अर्थमन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानको रकम लघुवित्त कोषमा राख्ने बताएका छन्। निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिक साधारणसभामा बोल्दै यो जानकारी दिएका हुन्। उनले गरीबको घरमै सहुलियत ऋण पुग्ने गरी कोष निर्माण कार्य अघि बढेको जानकारी दिएका छन। उनले भने “सरकारी संस्थानमा रहेको सीमित रकम कोषमा जम्मा हुनेछ। सो रकम नै सहुलियत ऋणको रुपमा जानेछ।”

उनले आयात निरुत्साहित गर्न कृषि क्षेत्रको विकास गर्नुपर्ने बताए। शर्माले तरलता समस्या समाधानका लागि अर्थ मन्त्रालय र रास्ट्र बैंक मिलेर काम गर्ने जानकारी दिँदै यसको लागि सुझाब चाहिएको बताए। उनले बैंकबाट कृषि ऋण लिएर घर जग्गा खरिद गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

Array