अरुण काबेली पावरको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले कुल १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभंश बाँड्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बराबरको बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ९६ लाख ४७ हजार ९५ रुपैयाँ नगद गरी कुल १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभंश बाँड्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७७-७८ बाट कम्पनीले चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको लाभांश ७.३७ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array