सुदूरपश्चिमका बाढी पहिरो पीडीतलाई प्रदेश सरकारले राहत दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सुदूरपश्चिममा बाढी र पहिरोका कारण मृत्यु भएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले घर क्षति भएका परिवारलाई जनही ५० हजार क्षतिपुर्ति दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावलले जानकारी दिएका छन । पिडितहरुलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि एक करोड रुपैया स्थानीय तहलाई दिईने निर्णय समेत भएको मन्त्री रावलले जानकारी दिए । सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।

अछाममा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । कैलालीमा तीन जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परी तीन जिल्लामा चार हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कैलालीमा चार हजार ५०, कञ्चनपुरमा चार सय २० र अछाममा ३४ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array