नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २ सय ५२ कित्ता संस्थापक सेयरको बिक्री खुला भएको छ । बैंकले पहिलो चरणमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन गर्न पाउने गरी उक्त सेयर खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले असोज ४ गते मंगलरदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा आवेदन दिन सक्नेछन् । निवेदनका साथ खरिद गर्न चाहेको कित्ता र मूल्य खुलाएर निवेदन पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीबाट तोकिएको समयमा सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम आम सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्