गोठाटार गोली काण्ड: गोली प्रहारबाट घाइते भएका लाल मोहमम्दको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – गोठाटारमा सोमबार बेलुका अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । उनको त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–८ सोमबार बेलुका अज्ञात व्यक्तिले गोली चलाउँदा उनको शरीरका दायाँ हातमा एक राउण्ड, टाउकोमा २ राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

रातो सर्ट लगाएर आएका व्यक्ति गोली प्रहार गरेर फरार भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् । उनीहरुको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: