तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ऐन निर्माण गर्न बाँकी छ: अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान कार्यान्वयनकै चरणमा रहेकाले तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोकी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन । उनले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताए । ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,’ उनले भने । ‘जनयुद्ध’मार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको दाहालको तर्क छ ।

कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोकी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । दूधकोकी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array