ओस्कार अवार्ड: नेपालबाट ऐना झ्यालको पुतली सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – केडेमी अफ् मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (ओस्कार अवार्ड) का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।

प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति ‘ऐना झ्यालको पुतली’लाई छनोट गरिएको जनाइएको छ ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र ऐले दोस्रो हप्तामा प्रदर्शनरत छ ।

प्रतिक्रिया दिनुहोस्