अदालतको आदेशलाई सम्मान गछौँ, हामीलाई लिखित आदेश आएको छैन: काठमाडौँ महानगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – काठमाडौं महानगरपालिकाले अदालतको अन्तरिम आदेश आएपनि टुकुचा उत्खननको काम जारी राखेको छ । टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतले आदेश दिए पनि लिखित आदेश नआएको महानगरको नगरप्रहरीले बताएको छ ।

नगरप्रहरीका अनुसार आज कमलादी–कमलपोखरी क्षेत्रको लक्ष्मी बैंक उत्तरतर्फ बनेको भवन नजिकै उत्खनन् भइरहेको छ। महानगरले अवैध संरचना भत्काउँदै गर्दा टुकुचा अतिक्रमणमा परेको निवेदन महानगरमा पुगेको थियो । सोही निवेदनका आधारमा महानगरले टुकुचा खोज्ने योजना बनाएको थियो । अदालतको आदेशको महानगरले सम्मान गर्ने तर अहिलेसम्म कुनै लिखित आदेश नआएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array