डा. गोविन्द के.सीलाई विशिष्टीकृत अस्पतालमा लैजान सेती अस्पतालको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ताले सोमवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै के.सी धेरै कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएको जनाएका छन् ।

पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको, पोषण तत्वहरू र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको जनाइएको छ । रक्तश्रावमा गडबडी भई अंग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्नसक्ने सम्भावित जटिलता देखिएको विज्ञप्तिमा उल्लेख छ ।अस्पतालले थप जोखिम हुनसक्ने जटिलताहरू आउनसक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा रेफरका लागि चिकित्सकले सल्लाह दिएका छन् ।

विभिन्न सात बुँदे माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औं सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array