प्रेम गीत-३ लाई कर छुट दिनुपर्ने माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल चलचित्रकर्मी महासंघ प्रदेश–१ ले चलचित्र ‘प्रेम गीत–३’लाई सम्पूर्ण कर छुट दिनुपर्ने बताएको छ । नेपाली चलचित्रको ढोका भारतीय बजारमा खोल्ने क्रममा रहेको चलचित्र ‘प्रेम गीत–३’लाई चलचित्र विकास बोर्डलाई सम्पूर्ण कर छुट दिन महासंघले आग्रह गरेको हो ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश–१ का अध्यक्ष अरुण कुमार प्रधानले अनावश्यक झन्झट नदिन भन्दै बोर्डलाई कर छुट र सबै सुविधा उपलब्ध गराउन भनेका छन् । सबै एकजुट भएर अगाडि बढे चलचित्र क्षेत्रको विकास र विस्तार गर्न सम्भव रहेको प्रधानले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई नेपाली मान्न नसकिने स्वयं निर्माता संघले बताइरहेका बेला नेपाल चलचित्रकर्मी महासंघ प्रदेश–१ले यो समय सबै एक भएर सहयोग गर्नु पर्ने बताएको हो । चलचित्र हेर्ने संस्कृतिको विकास गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्र असोज ७ गते रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array