काठमाडौं– नेपाल–भारत वाणिज्य वार्ता असोज ४ गतेदेखि ५ गतेसम्म हुने भनिएकोमा स्थगित भएको छ। नेपाल–भारतबीच सचिव स्तरीय वार्ता १/१ वर्षमा र सहसचिव स्तरीय वार्ता ६/६ महिनामा हुँदै आएको छ । यो पटक सचिव स्तरीय वार्ता हुन लागेको थियो। भारत तर्फका वाणिज्य सचिवको यसै महिना सेवा निवृत्त हुने भएपछि व्यापार वार्ता दुई महिना सर्ने भएको जानकारी दिएको छ ।
भारतीय पक्षले नै वार्ता स्थगित गर्न प्रस्ताव गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले जानकारी दिए। यो पटक व्यापार वार्तामा भारतले निर्यात प्रतिबन्ध लगाएको गहुँ चिनी चामलको विषयमा लगायत विषयमा छलफल हुभएको छ ।
नेपाल भारत वाणिज्य वार्ता भारतीय पक्षका कारण स्थगित

प्रतिक्रिया दिनुहोस्