राष्ट्रपतिद्वारा ७ सय २ जनाको कैद सजाय मिनाहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।

यस्तै राष्ट्रपतिले असल चालचलन भएको आधारमा कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array