चीनको फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – चीनमा एउटा फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको छ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीको पानी पसेको हो । उक्त फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अरु एक जना हराइरहेको बताइएको छ ।

यो महिनाको प्रारम्भमा त्यहाँ बाढीको पानी पसेर उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । खानीमा के कारणले बाढीको पानी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जानकारी दिएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ ।

चीनमा हरेक वर्ष खानी दुर्घटना हुने गरेका छन् । खानी क्षेत्रमा सुरक्षाको उचित व्यवस्था नहुँदा यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array