निलम्बित प्रधानन्याधीश जबरा निवासमा पुग्यो मानवअधिकार आयोगको टोली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – निलम्बित प्रधानन्याधीश चालेन्द्रशमशेर जबराले सञ्चारमाध्यमहरूलाई आफूमाथि नजरबन्द राखेको भनेपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरूमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरेका छन ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरूको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए । त्यस लगत्तै उनको निवासमा सुरक्षा सतकर्ता बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array