वाणिज्य बैंकहरुको कसको व्याजदर कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
10 Min Read
Aa
intrest

काठमाडौं–  बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि अधिंकाश बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन्।

नेपाल बैंक

नेपाल बैंकले नयाँ व्याजदर शुक्रबार सार्वजनिक गरे अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म रहको छ । यस्तै मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर रहेको छ ।
अधिकतम व्याजदर पाइने बचत खाताहरुमा कर्मचारी स्यालरी सेभिङ खाता ९.१३ प्रतिशत, नारी सम्मान बचत खाता ९.१३ प्रतिशत, पायनियर बचत खाता ९.१३ प्रतिशत, युवा बचत खाता ९ .१३ प्रतिशत र रेमिट्यान्स बचत खाता १०.१३ प्रतिशत रहेको छ। सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ ।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनि गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३।१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२८६ प्रतिशत ब्याज पुग्ने छ ।

सानिमा बैंक

सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज पुग्ने छ ।

नबिल बैंक

व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२।१३ प्रतिशत ब्याज पाउने भएका छन् । साधारण बचततर्फ ७।१३ देखि १०।१३ प्रतिशतसम्म ब्याज पाइने जनाएको छ ।

प्रभु बैंक

प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको छ। विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज छ।

यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउनेछ। विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा मिल्ने बैंकले जिकिर गरेको छ। बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

कुमारी बैंक

कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ । हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदमा ६ ६.६० प्रतिशत प्रिमियम थपिने छ ।

मेगा बैं

व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज हुने छ ।

बैंक अफ काठमाण्डू

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।

एनएमबी बैंक

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने भएको हो ।

बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ ।

सेञ्चुरी बैंक

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ ।

यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

माछापुच्छ्रे बैंक

व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ ।  संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

सिभिल बैंक

असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ । संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको आधारदर हाल १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

नेपाल इन्भेष्टमेण्ट बैैंक

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

प्राइम बैंक

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंक

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । साउनमा बैंकको आधारदर १० प्रतिशत रहेको छ ।

एनसीसी बैंक

मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ ।संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । साउनमा बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ । बैंकको कर्जा लिँदा आधारदरमा ७ प्रतिशकत प्रिमियम थपिने छ ।

स्ट्यान्डर्ड चार्टर्ड

व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर ८.४० प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७.५० प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १५.९० प्रतिशत ब्याज लाग्ने छ ।

सनराइज बैंक

व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै रेमिट मुद्दतीमा १४.१३ प्रतिशत ब्याज दिने छ ।

बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.४२ प्र्रतिशत ब्याज लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्