हिरो मोटोकर्पको पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – हिरो मोटोकर्पले आफ्नो पहिलो विद्युतीय स्कुटर आउँदो महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले ल्याउन लागेको विद्युतीय स्कुटरको भिडा नामको सहायक ब्राण्ड मार्फत आउने भएको हो । प्राप्त जानकारी अनुसार कम्पनीले अक्टोबर ७ मा भिडा ब्राण्डको पहिलो स्कुटर सार्वजनिक गर्नेछ ।

हिरोले यसै वर्ष भिडा, भिडा मोटोकर्प, भिडा ईभी, भिडा इलेक्ट्रीक, भिडा स्कुटर र भिडा मोटरसाइकलको नाममा पेटेन्ट दर्ता गरेको थियो । हालै मात्र हिरो मोटोकर्पले हिरो इलेक्ट्रिकको नामको लागि लामो समयदेखि अड्किएको मुद्दा पनि जितेको छ ।

हिरोले भिडा स्कुटर अरु नयाँ स्कुटर ब्राण्डको जस्तो महंगो नहुने बताएको छ । कम्पनीले स्कुटरमा ब्याट्री स्वाप गर्नका लागि ताइवानी ब्याट्री स्वापिङ कम्पनी ‘गोगोरो’ सँग साझेदारी गरिसकिएको बताएको छ । चार्जिङ प्रविधिका लागि अथर र हबमोटरसँग सम्झौता गरेको छ । भारतमा सार्वजनिक हुने पक्का भए पनि यो विद्युतीय स्कुटर नेपाल आउने वा नआउने अहिलेसम्म यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array