नक्कली डक्टर विश्वरूप रोय चौधरी काठमाण्डौमा: बिना औषधि रोग निको पार्ने भन्दै बिरामीको जीवनसँग खेल्दै

असाध्य रोग मधुमेह, अर्वुद्ध रोग, मृगौला रोग बिना औषधि ठिक गर्ने दावी गर्ने विश्वरूप अहिले काठमाण्डौमा आएर भ्रम छर्दैछन् । पहिले निशुल्क सिविर भन्ने र पछी आफ्ना एजेन्ट मार्फत बिरामी बोलाएर लुट्ने यीनको पेसा हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

नक्कली सर्टिफिकेट बोकेका स्वोघोषित डक्टर विश्वरूप रोय चौधरी काठमाण्डौ आएका छन् । अहिले उनी प्रज्ञा भवन कमलादीमा कार्यक्रम गरिरहेका छन् ।

विश्वरूपको बिध्याबारिधि सर्टिफिकेट नक्कली रहेको प्रमाण गोरक्ष पोस्ट सँग रहेको छ । साथै उनीसँग कुनै पनि उपचार गर्ने सर्टिफिकेट नरहेको प्रमाण समेत गोरक्षपोस्ट सँग रहेको छ । विश्वरूप कुनैपनि देशको आयुर्वेद र एलोपेथि मेडिसिन डक्टर रजिस्टर्ड हुने निकायमा रजिस्टर्ड छैनन् । उनका सम्पूर्ण सर्टिफिकेट नक्कली हुन् । हुदाँ हुदाँ यिनको गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड समेत नक्कली रहेको पाइएको छ ।

असाध्य रोग मधुमेह, अर्वुद्ध रोग, मृगौला रोग बिना औषधि ठिक गर्ने दावी गर्ने विश्वरूप अहिले काठमाण्डौमा आएर भ्रम छर्दैछन् । पहिले निशुल्क सिविर भन्ने र पछी आफ्ना एजेन्ट मार्फत बिरामी बोलाएर लुट्ने यीनको पेसा हो ।

यीनको कार्यक्रमको बिषयलाई लिएर नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा.कृष्ण अधिकारी सँग जिज्ञासा राख्दा मेडिकल डक्टर को उपाधि प्राप्त नगरेको कसैले यस्तो औपचारिक कार्यक्रम गर्न नमिल्ने बताउछन । साथै बुझेर “लिगल याक्सन” मा जाने समेत उनले बताए ।

यस्तै नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका डा. निर्मल भुसालले यो कार्य आपत्तिजनक रहेको बताए । आयुर्बेदको नाममा यो कार्य भएको रहेछ भने दण्डनीय भएको समेत डा. भुसालले बताए ।

कार्यक्रमको सूचना :

बिश्वरूपको सर्टिफिकेट :

यीनको सर्टिफिकेट मानार्थ मात्र रहेको, उपचार गर्न नमिल्ने  र यसको कुनै औचित्य नरहेको आफैमा फर्जी बिश्व बिद्यालयको  प्रमाण :

नक्कली गिनिज वर्ल्ड रेकर्ड :

भारतीय युटुबरले गरेको खुलासा :

https://www.youtube.com/watch?v=1OVpmTo7Rqw

प्रतिक्रिया दिनुहोस्

Array