मुक्तिनाथ कृषि कम्पनीलाई नाफामा देखाएर आइपिओ जारी गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं
मुक्तिनाथ विकास बैकसँगको सहकार्य सञ्चालन भएको भनिएको मुक्तिनाथ कृषि कम्पनीले करोडौं घाटा भएर पनि कम्पनीलाई नाफामा देखाएर सर्वसाधारणमा प्राथमिक सेयर सार्वजानीक गर्ने तयारी गरेको छ । किसानहरुलाई कम्पनीको शेयर बाँडफाँडको स्वीकृतिका लागि मुक्तिनाथ कृषि कम्पनी प्रचार प्रसारमा जुटेको छ ।
अघिल्लो वर्ष कृषि सामग्री कम्पनीका लागि मल आयात गर्ने स्वदेशी कम्पनीका रुपमा टेण्डर पाए पनि मुक्तिनाथ कृषि कम्पनीले मल आयात गर्न सकेको छैन । जसका कारण कृषि सामग्री कम्पनीले मुक्तिनाथ कृषि कम्पनीको करीव ८ करोड रुपैयाँ जफत गरेको थियो ।

कृषि सामग्री कम्पनीसँग सम्झौता गरेर रासायनिक मल आयात गर्न नसकेको मुक्तिनाथ कम्पनीले आफ्नो ८ करोड रुपैयाँ जफत हुनबाट बचाउनका लागि सर्वोच्च अदालतमा रिट निवेदन हालेको छ । कृषि सामग्री कम्पनीका अनुसार सो मुद्धा अहिलेसम्म पनि विचारधिन अवस्थामा रहेको छ ।
मुक्रिनाथ कम्पनीले मुक्तिनाथ कै नामबाट विभिन्न ८ वटा कम्पनी सार्वजनिक गरेको छ । यी कम्पनीबाट किसानहरु ठगिने खतरा बढ्दै गईरहेको कृषि विज्ञहरु बताउँछन् ।
मुक्तिनाथ कृषि कम्पनीले सार्वजनिक गरेको मुक्तिनाथ फर्टिलाईजर बैक भनेको के हो ? के यो मल सुरक्षित राख्ने ठाउँ हो ? किसानलाई आवश्यक अनुदानको रासायनिक मल ठेक्का पाएर त ल्याउन नसक्ने कम्पनीले फर्टिलाईजर बैकको नामबाट किसान ठग्ने प्रपञ्च गरिरहेको सोही कम्पनीमा कार्यरत कर्मचारीहरु नै बताउँछन् ।

त्यहाँका कर्मचारीका अनुसार मुक्तिनाथ कृषि कम्पनी मातहत भनि सार्वजनिक गरिएका फर्टिलाईजर बैंकदेखि लाइभस्टक बैंकले के गर्ने भन्ने अध्यक्षलाई नै थाहा छैन कसरी चल्छ कम्पनी । यो त शेयर खोल्ने र जनताको रकम संकलन गर्ने प्रमुख उपाय मात्र भएको कर्मचारी कृषि विज्ञहरु लगायतको आरोप छ ।
मुक्तिनाथ बैकका नाममा सार्वजनिक गरेको ८ वटा कम्पनीका विषयमा अध्ययन गरेर मात्र लगानी वा शेयर हाल्न सुझाव विज्ञहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

Array