आजको मौसमः मेघ गर्जन सहित चट्याङ र वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन सहित चट्याङ र हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वाअनुमान शाखाले जनाएको छ।
दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array