आज देशको विभिन्न भागमा बाढि पहिरोको ताण्डब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– आज देशको विभिन्न भागमा बाढि पहिरोले ताण्डब मच्चाएको छ । कैलालीको अति नै बाढी प्रभावित भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकाका १ देखि ९ वटै वडा डुबानमा परेको हो । भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाको ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिए । शुक्रबारदेखि सीमित स्रोत साधनका बाबजुद उद्धारमा खटिएको बताउँदै उनले शनिबारसम्म पनि बाढी घट्नुको साटो झन–झन बढ्दै गएपछि नगरबासीलाई सुरक्षित स्थानमा उद्धार गर्न निकै कठिनाइ भएको सुनाए ।
यस्तै अविरल वर्षाका कारण कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । केही दिन देखि परेको अविरल बर्षाले नगरपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका छन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन् । त्यस्तै सबै वडाहरुमा सामान्य रुपमा घर डुवानमा परेका छन् ।

त्यसैगरि शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाकारी दिएको छ । भजनी नगरपालिका–८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिएको छ ।

त्यस्तै अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
पहाडका अन्य भुभागका पहिरो जानुका साथै सडक अवरोध भएका छन् भने तराईका केहि भाग डुबानमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array