प्रेमगीत–३ प्रति लक्षित नियम ल्याएको भन्दै भुवन केसीको राजीनामा माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– चलचित्र प्रेमगीत–३ का नायक प्रदीप खड्काले आफ्नो चलचित्रलाई लक्षित गरि रात्री शो बन्द गरेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे गरेका छन् । कात्तिक १ गतेदेखि रात्री शो बन्द गर्ने निर्णय गरेको भन्दै राजीनामा माग गरेका हुन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर आफ्नो फिल्म लक्षित नियम ल्याएको खड्काको आरोप छ । चलचित्र विकास बोर्डले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ । प्रेमगीत –३ लाई आग्रमकरुपमा वितरण गर्ने निमार्ताकोे योजनामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array