नदी बस्तीमा पस्दा कैलालीमा झण्डै ६०० घर डुबानमा; अछाममा पहिरोमा पुरिंदा दुईको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– शुक्रबारदेखि परिरहेको अविरल वषर्का कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाकारी दिएको छ । भजनी नगरपालिका–८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिएको छ ।
सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम अझै जारी रहेको छ ।
यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका–७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् । यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । केही दिन देखि परेको अविरल बर्षाले नगरपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका छन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन् । त्यस्तै सबै वडाहरुमा सामान्य रुपमा घर डुवानमा परेका छन् ।

यस्तै अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array